हुम्लामा माओवादीका जनप्रतिनिधिहरुले मतदान नगर्ने

55

काठमाडौं । आसन्न राष्ट्रियसभाको टिकट वितरणमा पार्टी केन्द्रका नेताहरुले आफूखुसी गरेको भन्दै सत्तारुढ दल माओवादी केन्द्र हुम्लाका सबै जनप्रतिनिधिहरुले मतदान नगर्ने लिखित निर्णय गरेका छन् । सातवटा गाउँपालिका रहेको हुम्लाबाट स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिमा निर्वाचित जनप्रतिनिधिले माघ ११ हुने निर्वाचनमा भाग नलिने निर्णय गरेका हुन् ।

सत्ता गठबन्धनबीच राष्ट्रियसभाको सीट बाँडफाँट भइसकेको अवस्थामा हुम्लाको लिखित निर्णयले गठबन्धनमा ठूलो संकट उत्पन्न भएको छ । संघीय र कर्णाली प्रदेशमा माओवादी नेतृत्वको गठबन्धन सरकार छन् । राष्ट्रियसभा सदस्य पदको उम्मेदवारका लागि माओवादी केन्द्रले हुम्लाबाट जिल्ला समन्वय कमिटीका संयोजक डा. दीपेन्द्र रोकायालाई सर्वसम्मत एकल सिफारिस गरेको थियो ।

शनिबार काठमाडौंमा बसेको जनप्रतिनिधिहरुको सामूहिक बैठकले रोकायाको नाम हटाएपछि माओवादी पार्टीभित्र र गठबन्धनभित्र ठूलो हलचल भएको छ । ताँजकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैशीले कुनैपनि हालतमा राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रियामा भाग नलिने बताए । अध्यक्ष जैशीले भने, ‘माओवादी केन्द्रले हुम्लाको भूमिकालाई बाइपास गर्ने निन्दनीय कार्य गरेको छ । पार्टीले यस बापत ठूलै मूल्य चुकाउनु पर्नेछ ।’

उनी माओवादी केन्द्र कार्णाली प्रदेश कमिटीका उपसचिव समेत हुन् । पार्टी केन्द्रीय सदस्य एवम् सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डरीले पार्टीको सांगठनिक तथा आम निर्वाचनमा ठूलो भूमिका खेलेको हुम्लालाई नेताहरुले पूर्वाग्रही दृष्टिले हेरेको आरोप लगाए । ‘अहिलेको पार्टीको जिम्मेवारी र सत्ताको पद खोसियोस् तर अहिलकै स्थितिमा पार्टीको निर्णय कुनै मान्नेवाला छैनौ,’ अध्यक्ष भण्डरीले भने, ‘पार्टीले पुर्नबिचार नगरे माओवादी केन्द्र हुम्ला न पार्टीका प्रदेश र केन्द्रीय गतिविधिमा सामेल हुन्छ न आसन्न राष्ट्रिय निर्वाचनमा नै ।’

उनले निर्वाचनको सम्मुखमा आयोजना गरिएको पुष २५ र २६ गतेको कर्णाली प्रदेश कमिटी बैठकमा समेत साहभागिता नजनाउने बताए । पार्टी केन्द्रीय कमिटीका उपमहासचिवद्वय जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहीले कालीकोटमा मात्रै केन्द्रित भएको उनले आरोप लगाए । माओवादी हुम्माले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई प्रचण्डलाई निर्णय बुझाइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here