भारोत्तोलन प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई बिदाई

53

राजविराज । भक्तपुरमा आयोजना हुने २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा भाग लिने सप्तरीका खेलाडीहरुलाई आइतबार बिदाई गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भारोत्तोलन संघ सप्तरीले एक कार्यक्रमको आयोजना गरि खेलाडीको बिदाई गरेको हो ।

भक्तपुरमा पुस २४ देखी पुस २६ सम्म संचालन हुने प्रतियोगितामा सप्तरीबाट ६ पुरुष र ५ महिला गरि ११ खेलाडीले प्रतिष्पर्धा गर्ने भारोत्तोलनका प्रशिक्षक पुन्तिलाल यादवले सो अवसरमा जानकारी गराए ।

कार्यक्रममा भारोत्तोलन संघ सप्तरीका कार्यवाहक अध्यक्ष गोपालप्रसाद गुप्ता, खेलकुद पत्रकार संघका अध्यक्ष मनोजकुमार माझी, प्रेस काउन्सिलका पूर्वसदस्य देवराम यादव लगायतले शुभकामना दिए ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा सप्तरीका भारोत्तोलन खेलाडीले उत्कृष्ठ प्रदर्शन गर्ने विश्वास गरिएको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here