टाेखाका चाकु व्यवसायी माघेसंक्रान्तिका लागि चाकु तयारी गर्दै

98

काठमाडाैं ।  माघेसंक्रान्ति नजिकिएसँगै यतिबेला काठमाडौंका चाकु व्यवसायीहरूलाई चाकु बनाउन भ्याइनभ्याइ छ। बजारमा चाकुको माग बढी हुने भएकाले पनि यतिबेला टोखाका चाकु व्यवसायीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको हो।

माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले पुसदेखि नै चाकु बनाउन सुरु गरिन्छ। चाकु विशेषगरी टोखाको पहिचान पनि हो। हरेक वर्षको मामाघेसंक्रान्तिमा टोखामा पुग्ने हो भने चाकुको वासना छरिएको हुन्छ।

चाकु विषेश गरी जाडोमा तथा माघेसंक्रान्तिमा बढी प्रयोग गरिन्छ। वर्षमा एकचोटि भएपनि चाकु खाँदा जाडोले छुँदैन भन्‍ने जनविश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here