अमेरिकामा गोली प्रहार हुँदा दुईको मृत्यु, ११ जना घाइते

221

फ्लोरिडा/ अमेरिकाको फ्लोरिडामा रहेको एक मनोरन्जन कम्पलेक्समा सामूहिक गोली प्रहार हुँदा दुई जनाको मृत्यु भएको छ। यस्तै उक्त घटनामा परी ११ जना घाइते भएको प्रहरीले जनाएको छ।

ज्याक्सन भिल्ला ल्यान्डिङमा भिडियो गेम प्रतियोगिता भइरहँदा गोली चलेको बताइएको छ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्ति बाल्टिमोरका २४ वर्षीय डेभिड काट्ज रहेको बताएको छ। आक्रमणका क्रममा उनी आफैले आफैमाथि गोली चलाएको अधिकारीहरुले बताएका छन। अनुसन्धानका क्रममा काट्जले एउटा मात्र पेस्टोल प्रयोग गरेको खुलेको छ।

प्रतियोगितामा पराजित भएका कारण उसले गोली प्रहार गरेको भन्ने कुराको भने प्रहरीले खण्डन गरेको छ। प्रहरीले उक्त घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताएको छ।

केही वर्षयता फ्लोरिडामा धेरैको मृत्यु हुने गरी गोली प्रहार हुने क्रम बढदै गएको छ। सन् २०१६ मा फ्लोरिडाको ओरलान्डोमा प्लस नाइटक्ल्बमा भएको गोली प्रहारमा ४९ जनाको मृत्यु भएको थियो।

यस्तै, गत फेब्रुअरी महिनामा मात्र पार्कल्यान्डमा रहेकोए क विद्यालयमा गोली चल्दा १७ जनाको मृत्यु भएको थियो।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here