प्रधानमन्त्री ‘प्रचण्ड’ युगान्डा प्रस्थान गर्दै

80

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन्।

युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन उनी युगान्डा जान लागेका हुन्।

प्रधानमन्त्री दाहाल माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनमा सहभागी हुन माघ ४ गते कम्पाला जाने कार्यक्रम तय भएको छ।

यस्तै, असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद पनि युगान्डा जाने कार्यक्रम छ। याे बैठक माघ ३ गतेदेखि ४ गतेसम्म हुनेछ।

यसैगरी, उच्च पदाधिकारीहरूको बैठक भने माघ १ गतेदेखि २ गतेसम्म हुनेछ। यो बैठकका लागि परराष्ट्र सचिव सेवा लम्साल जाने तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here