नेवाः मिसा दबु टोखाको कानुनी साक्षात्कार कार्यक्रम

71

काठमाडाैं । टोखा नगर कमिटीकाे नेवाः मिसा दबुको कानुनी साक्षात्कार कार्यक्रम पिडितको अ‍ाधार कानुनी उपचार भन्ने मुल नाराका साथ पाैष २६ गते बिहिबार सम्पन्न भएकाे छ।

बालप्रेमी खेल्कुडमण्डलकाे सभाहलमा भएकाे कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका वडा नं ३ का अध्यक्ष रमेश डंगोल, अतिथि वडा जनप्रतिनिधि एवम् नगर कार्यपालिका सदस्य शान्ता राई, जनप्रतिनिधि देवी माया नेपाली, अतिथिका रुपमा महाकाव्यकार एवम् नेपालभाषा अभियान्ता प्रशान्त डंगोल पुर्व टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोल, प्रशिक्षक सुशिला श्रेष्ठ लगायतको गरिमामय उपस्थिति जनाएको थियो ।

सो कार्यक्रममा प्रमुख अतिथि वडा नं ३ का अध्यक्ष रमेश डंगोलले ‘नेपालमा कानुनी व्यवस्था १९१० बाट सुरु भएकाे कानुन सबैले परिपालना गर्नु पर्ने तथा मानव समाजलाई समान रुपमा हकअधिकारको प्रत्याभुत गराउन, समाजमा अमानविय गतिविधि रोक्न, अमनचैन गराउन, महिला हत्या हिंसा अन्त्य गर्न, समाजमा बालबालिका, बृद्धा लगायतका अवस्था आइपर्ने बाधाअद्चन, झैझगडा लगायतका समस्याहरुको समाधान गर्नका लागि कानुनको बिकास भएको जनाए ।

नेवाः मिसा दबुको उपाध्यक्ष हिरा देवी डंगाेलले ‘कानुनी ज्ञानको अभावमा नगरबासी अ‍ामाबुबा, दाजुभाई ,दिदीबहिनीहरुले अत्यन्तै झैझेमेला सामना गर्न परिरहेको अन्त्य गर्न आवश्यक रहेको जनाइन् ।

नेवाः देय् दबु काठमाडौं जिल्ला सदस्य रविना श्रेष्ठले महत्त्वपूर्ण कार्यक्रम अ‍ायोजना गरेकोमा नेवाः मिसा दवु टोखा नगर कमिटीलाई बधाई दिदै , अ‍ाफ्नो मनमा रहेका कानुन सम्बन्धि जिज्ञासा बिना हिच्किचाहत सोध्न अनुरोध गरिन् ।

कानुनी सात्क्षत्कार कार्यक्रमकी प्रशिक्षिका सुशीला श्रेष्ठले अ‍ाधारभुत कानुनका बारेमा सहभागीहरुलाई प्रसिक्षण दिन महत्त्वपूर्ण अवसर दिएकोमा नेवाः मिसा दबु टोखा नगर कमिटीलाई दिइन् ।

सभापति सुमिता महर्जनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सफल पार्न अह्रोरात्र खत्नुहुने सम्पुर्ण महानुभावहरुलाई धन्यवाद अ‍ाभार प्रकट गरि समाज रुपान्तरण गराउने कार्यक्रम अगामी दिनमा गर्दै जाने बाचा व्यक्त गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here