अण्डा मांसाहारी कि शाकाहारी ? विज्ञानले दियो निष्कर्ष

419

एउटा रोचक विषय – धर्तीमा पहिलोपटक अण्डा आयो कि कुखुरा आयो ? वैज्ञानिकहरुका अनुसार कुखुराको अण्डाशयमा ओवोक्लाइडिन नामक प्रोटिन पाइन्छ ।

जसले अण्डाको खोल निर्माणमा भूमिका खेल्छ र यो प्रोटिन बिना अण्डाको निर्माण असम्भव नै हुन्छ । यसकारण धर्तीमा पहिलो पटक कुखुरा नै आएको हो भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् ।

एक अनुसन्धानमा संलग्न शेफील्ड और वारविक विश्वविद्यालय का वैज्ञानिकहरुका अनुसार यस समूहले अंडाको खोललाई अत्याधुनिक कंप्यूटर हेक्टरको प्रयोग गरेर अध्ययन गरे पस्चात अंडा भन्दा कुुखुरा नै धर्तीमा पहिले आएको पत्ता लगाए का हुन ।

धेरै जसोको मनमा प्रश्न उठ्ने गर्छ, यदी गाईबाट प्राप्त हुने दूध शाकाहारी हुनसक्छ भने कुखुराबाट प्राप्त हुने अण्डा किन मांसाहारी ?

अनुशन्धानमा संलग्न वैज्ञानिकहरु शंका गर्छन यदि कुखुरा मांशाहारी भएका कारण अण्डा पनि मांशाहारी नै मानिन्छ भने गाई पनि मांशाहारी हो र दूध पनि मांशाहारी हुनुपर्ने हो ।

अण्डा मांसाहारी होइन

यदि तपाइहरुलाई लाग्छ कि अण्डाको भित्र यसको बच्चा हुन्छ त्यैभएर यो मांशाहारी हो भने तपाइ गलत हुनुहुन्छ । तपाइलाई लाग्छ कि अण्डा परिपक्व भएपछि यसबाट चल्ला जन्मन्छ यसकारण यो मांशाहारी हो भने थाहा पाइ राख्नुस, बजारमा पाइने अण्डा अनफर्टिलाइज़्ड हुन्छन् । यिनिहरुबाट चल्ला जन्मिदैनन् ।

हामीहरु सबैलाई थाहा नै छ कि अण्डा तीन भागमा बाडिएको हुन्छ । बाहिरी भाग बोक्रा, सेतो भाग र पँहेलो भाग । बैज्ञानिकहरुका अनुसार अण्डाको सेतो भाग प्रोटिनबाट मात्र बन्को हुन्छ जसमा कुखुराको कुनैपनि भाग समावेश हुदैन । यसकारण अण्डाको सेतो भाग पूर्णतया शाकाहारी नै हो ।

अण्डको सेतो भाग जस्तै पँहेलो भागमा पनि प्रशस्त मात्रामा प्रोटीन, कोलेस्ट्रॉल र फ्याट मौजुद हुन्छ । तर यदि अण्डा फर्टिलाइज्ड हो भने त्यसमा ग्यामेट कोषहरु हुन्छन् जसले अण्डालाई मांशाहारी बनाउछ ।

के हो अनफर्टिलाइज्ड अण्डा ?

जब कुखुरा ६ महिनाको हुन्छ तब भाले संग सम्पर्कमा नआए पनि एक या डेढ दिनमा अण्डा दिन्छ भने त्यसलाई अनफर्टिलाइज्ड अण्डा भनिन्छ ।

अनफर्टिलाइज़्ड र फर्टिलाइज़्ड अण्डाको बिचमा यो फरक हुन्छ कि फर्टिलाइज्ड अण्डा अनफर्टिलाइज्ड अण्डाको तुलनामा बढि पँहेलो हुन्छ । यस्ता अण्डाबाट बच्चा जन्मिदैन यसकारण यी अण्डाहरु खान योग्य हुन्छन् अर्थात शाकाहारी हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here