लाइसेन्स चट् होला ! नयाँ ट्राफिक नियम आयो

338

ट्राफिक प्रहरीले बेला बेलामा लाइसेन्समा कडाई, मापसे जाँच,ट्राफिक नियम पालना गराउँदै आएको छ । यस्तैमा अब जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने नयाँ नियम ल्याएको छ ।

दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातमा चालकलाई जुत्ता अनिवार्य गरिएको खबर प्राप्त भएको  छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरेको हो।

चालकले जुत्ता लागए-नलगाएको अनुगमन ट्राफिक प्रहरीले गर्ने छ। जुत्ता नलगाए जरिवानादेखि लाइसेन्स खारेजी सम्मको कारबाही हुन सक्ने प्रावधान छ।

‘जाँचका क्रममा चप्पल लगाएर कुदाउनेलाई सम्झाएर आइन्दा जुत्ता लगाउन भनिरहेका छौं।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज पदम राईले भने, ‘अटेर गरे कारबाही प्रक्रियामा जानेछौं।’

दशैँ तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here