बरहथवामा पूर्वराजा ज्ञानेन्द्रलाई भव्य स्वागत

46

सर्लाही/ धार्मिक भ्रमण अन्तर्गत सर्लाहीको बरहथवा पुगेका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका छन्।

बरहथवास्थित मुक्तेश्वर महादेव मन्दिरमा शनिवार दिउँसो पूजा अर्चना गर्न जानु भएको पूर्व राजा शाहसहितको टोलीलाई स्थानीयहरुले स्वागत गरेका हुन्।

“राजा आउ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छलगायतको नारा लगाउँदै पूर्व राजा ज्ञानेन्द्रमाथि पुष्पबृष्टि गर्नुकासाथै फूल माला दिएर स्वागत गरेका थिए।

मधेश प्रदेशका विभिन्न जिल्लामा सर्वसाधारण नागरिकसँग भेटघाट एवं धार्मिक भ्रमणकालागि पौष २३ गते सिमरा आइपुगेपछि शनिवार सर्लाहीको बरहथवास्थित मुक्तेश्वर महादेवको पूजा अर्चना गरेका हुन्।

पूर्वराजा शाहले आगामी माघ २ गते मंगलबारका दिन रौतहट जिल्लाको शिवनगरस्थित शिव मन्दिरमा र ४ गते विहिबारका दिन बाराको गढ़ीमाई मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका महासचिव हिरा बहादुर चन्दले बताउनु भयो।

त्यस्तै माघ १३ गते शनिवारका दिन वीरगंज स्थित लाल बंगलाको प्रांगणमा पूर्व राजाको नागरिक अभिनन्दन गरिने कार्यक्रम निर्धारण भएको महासचिव चन्दले बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here