खुलामञ्चमा खेल मैदान बनाउन लागेको विषयप्रति चासो

39

काठमाडौं । स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियानले काठमाडौंको खुलामञ्चमा खेल मैदान बनाउन लागेको विषयप्रति चासो देखाएको छ । अभियानले आइतबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल ग्राउन्ड निर्माण गर्न लागिएको जानकारी प्राप्त हुन आएको जनाएको हो ।

‘खेलमैदान काठमाडौंको आवश्यकता हो; यसमा दुई मत रहन सक्दैन । तर खुल्ला मञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्त्व छ’, विज्ञप्तिमा भनिएको छ, ‘खुल्ला मञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिको लागी महत्त्वपूर्ण क्षेत्र र जीवन दायिनी समेत हो । दुईवटा फुटबल ग्राउन्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको Compatible Use समेत नहुने स्थिति देखिन्छ ।’

अभियानले टुँडिखेल प्रतिदिन मासिँदै गएकोमा चिन्ता समेत जनाएको छ । सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको जनाउँदै अभियानले यसको अतिक्रमण हुने क्रम बढ्दो रहेको जनाएको छ ।

अभियानले खुल्ला मञ्चलाई पहिलाको जस्तै घाँसे मैदान बनाउने प्रयास गरे पनि यसअघि स्थानीय सरकारले ३ तहको भूमिगत पार्किङ निर्माण गर्ने चर्चा समेत भए पनि विरोधका कारण रोकिएको थियो ।

413380973_323613380658427_7365621646945558265_n

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here