मंसिर ७ मा एमालेको जनसभा गर्नु पर्ने कारण देखाए

27

काठमाडौं । नेकपा एमालेले आगामी ७ मंसिरमा जनसभा गर्नुको पाँच कारण देखाएको छ।

बागमती प्रदेश इन्चार्ज रहेका डा.राजन भट्टराईले शुक्रबार बक्तव्य जारी गर्दै जनसभाको औचित्य सार्वजनिक गरेका हुन्। उक्त बक्तव्य अनुसार जनसभाको पहिलो कारण विधिको शासन र कानूनी राज्यको पक्षमा जनमत निर्माण गर्नु रहेको उल्लेख छ।

‘राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न’, वक्तव्यमा लेखिएको छ ।

दोस्रो कारण पार्टीको इतिहास, वर्तमान सक्षम नेतृत्व र भावी गन्तव्य प्रष्ट पार्नु रहेको बक्तव्यमा लेखिएको छ । जनसभाको तेस्रो कारण सरकारले गरेको कामको प्रचार रहेको भट्टराईले प्रष्टोक्ति दिएका छन् ।

चौथौ कारण सुशासन र समृद्धिको प्रतिबद्धता अनि पाँचौं कारणमा उपचुनावमा माहोल बनाउनु उल्लेख छ । ‘आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न’, बक्तव्यमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here