काठमाडौं । स्वनिग: अटो प्रा लि.ले मिनि इलेक्ट्रिक स्कूटर बजारमा ल्याएको छ । अत्यन्तै आरामदायी र हलुका सवारी साधनको रुपमा रहेको यस स्कूटरको ब्याट्री झिकेर मोबाइल जस्तै सजिलै चार्ज गर्न मिल्ने सुविधा रहेको छ ।
असन (त्यौड) स्थित भिंतुना बजार शोरुमबाट यस स्कूटरको धमाधम बिक्री भइरहेको स्वनिग: अटोका सुरेश प्रधानले जानकारी गराए ।
यस मिनि स्कूटरको Motor power 350 वाटको रहेको छ । Battery 48-20A lithium को रहेछ । त्यसैगरी पांग्राको साइज १६ इन्च्को छ भने एक वर्षको वारेन्टी सहित हाललाई सहुलियत सहित पन्चानब्बे हजार (९५,०००/) रुपियाँमा विक्री भैरहेको छ ।
एकपटक फुलचार्ज गरेपछि ५० किमीको यात्रा गर्न सकिने यसको क्षमता रहेको छ ।
यसका साथै niu ब्रान्डका विभिन्न मोडेलका इलेक्टि्कल स्कूटरहरु पनि बिक्री भइरहेको र वर्तमान परिस्थितिमा ध्वनी र धुवाँजस्ता प्रदुषण नगर्ने यस किसिमको यातायातको साधन प्रयोग गर्नु लाभदायक भएको र पेट्रोलियम पदार्थको खर्च समेत बचत हुने भएको कारण यसले राष्ट्रको अर्थतन्त्रमा पनि केही हदसम्म मद्दत गर्न सक्ने बताए ।
साथै स्वनिग: अटोले भ्यालेन्टाइन डे का अवसरमा केही मोडेलहरुमा १० हजारसम्मको छुट दिएको पनि जानकारी दिए ।


















