दशैंतिहारमा तयार पार्ने कोशेली

240

 दीपेन्द्र रोकाया

दशैंको मौकामा हरेकले केही नयाा कोशेली आफन्तहरूसामु पुर्‍याउाछन् । मचाहिा हुम्लाका गाउाहरू घुमेर काठमाडौं आइपुगेको छु । ‘नाफाको जिन्दगी’ले मलाई पत्रकारिता क्षेत्रबाट साहित्य क्षेत्रमा प्रवेश गरायो । एउटा लेखक शब्द–शब्दमा कति जिम्मेवार हुनुपर्दछ भन्ने कुरा सिकायो । यसैले बुक आर्ट नेपालले ‘नाफाको जिन्दगी’ पुन: प्रकाशन गरेपछि २०७२ भदौ ९ गते एक विशेष अन्तक्र्रिया गराएको थियो । त्यस समयलाई सम्झादै यो दशैंतिहारमा मैले तय गर्ने कोशेलीबारे संक्षिप्तमा जानकारी दिन चाहन्छु ।

नाफाको जिन्दगी १० वर्ष, ९ महिना ५ दिनसम्म चलेको जनयुद्धको क्रममा भोगेको नेपाली समाजको परिवेश र त्यसपछि देखापरेका प्रवृत्तिहरूको टिपोट थियो । त्यस आन्दोलनमा गरेको अनुभव र भोगेको पीडालाई पुस्तकको रूपमा ल्याएको थिएा । मान्छेहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कारको चर्चा गर्दछन्, मैले मेरो पाठक र समीक्षकबाट न्याय पाउादा सोही पुरस्कार पाएको अनुभव गरिसकेको छु । यद्यपि त्यस अन्तरक्रियामा माओवादीका पाका नेता मोहन वैद्य ‘किरण’ले यस कृतिको मूल प्रवृति क्रान्तिकारीहरूको लागि प्रेरणा मिल्ने अनुभवहरू समेटिएको बताउनुभयो । समाजमा समालोचनाको पनि अभिजात्य सिद्धान्त हावी रहेको परिवेशको चर्चा गर्दै उहााले नाफाको जिन्दगी पढेर टिप्पणी पनि लेख्ने प्रतिबद्धता जनाउनु भएको थियो, अहिलेसम्म त्यो देख्न पाएको छैन । नेता किरणले क्रान्तिकारीहरूको जीवन नाफाकै रहेको र त्यसको बिम्बात्मक रूप नाफाको जिन्दगी हुन पुगेको बताउनुभएको थियो । स्वाधीनता र मुक्तिका लागि लडेका तर मुक्ति नपाएका योद्धाहरूलाई समर्पण गरिएको नाफाको जिन्दगीको चर्चा गर्दै मेरो प्रशंसा गर्नुभएको थियो । मेरो छाती थप चौडा भएको थियो ।

मेरो अग्रज कृष्ण सेन ‘इच्छुक’ हुनुहुन्न । तर उहााका हितैषीमध्ये एक प्रगतिशील लेखक संघका अध्यक्ष अमर गिरीले ‘नाफाको जिन्दगी’ पढ्नैपर्ने पुस्तकको कोटीमा परेको र त्यसो हुनुको प्रमुख कारण लेखनमा सबै क्षेत्रका पाठकसाग संवाद गर्न सक्ने क्षमता रहेको बताउनुभएको थियो । हर प्रकारका चुनौतीको बीचमा एकातिर राज्यको चरित्र र अर्कातिर पार्टीभित्रको अन्तरद्वन्द्वको सामना गरी लेखकले आशावादी दृष्टिकोणका साथ जनयुद्ध साहित्यमा सुन्दर उपहार समाजलाई दिएको बताउनुभएको थियो । जनयुद्ध केन्द्रित थुप्रै लेखकमध्ये जनयुद्धमा सहभागीहरू मध्येबाट सुन्दर कृति प्राप्त गर्न पाएको अनुभूति पनि सुनाउनु भएको थियो । ‘यस कृतिले जनयुद्धकालीन परिवेशलाई रेकर्ड गर्न सफल भएको छ’, उहााको कथन थियो । जनयुद्धलाई पूर्वाग्रही आाखाले हेर्न नहुने सन्दर्भ प्रस्तुत गर्दै यदि जनयुद्ध नचलेको भए अहिले यो स्थानमा उभिन सक्ने स्थिति आउने थिएन पनि उहााले भन्नुभएको थियो । उहााका यी भनाइले सामाजिक यथार्थता बोलिरहेको आभाष भएको थियो ।

रेडियो नेपालका वरिष्ठ कार्यक्रम सञ्चालक डा.नवराज लम्सालले नाफाको जिन्दगीमा उल्लेखित विवरण आफ्नो पुस्ताको सुखदु:ख भएकाले गौरव गर्नलायक ‘मानक कृति’ भनेर टिप्पणी गर्नुभएको थियो । उहााले पुस्तकका केही सन्दर्भ राख्दै गर्दा सहभागी सबैको आाखामा आासु छचल्किएको देखिन्थ्यो । डा. लम्सालले युद्ध साहित्य तीन कित्ताबाट लेखिएको सैद्धान्तिक पाटोको चर्चा गर्दै दीपेन्द्र रोकायाहरूले कति लडिरहने र कति सडकमा हिाडिरहने भनेर प्रश्न मात्र गर्नु भएको थिएन, यसलाई संस्थागत गर्नका लागि को लाग्ने र कहिले हुन सक्छ भनेर नेतृत्व वर्गलाई प्रश्न गर्नुभएको थियो । यो तन्नेरी पुस्ताले एकपटक पढ्न छुटाउनै नहुने पुस्तकका रूपमा लिएको दाबी गर्दै उहााले लेखक पढ्नका लागि सहर पसे पनि वस्तुपरिस्थितिले बन्दुक बोक्न समेत तयार हुन बाध्य भएका सन्दर्भहरूको चर्चा गर्नुभएको थियो ।

नेपाल सरकारका पूर्वमुख्यसचिव दामोदर गौतमले लेखक दीपेन्द्र रोकायामा मानवता, इमानदारी, निष्ठा र सिद्धान्तमा अडिने दृढताको दस्तावेजका रूपमा ‘नाफाको जिन्दगी’ प्रकाशनमा ल्याएको बताउादा मेरो लेखनले बनेको परिचयप्रति गर्व लाग्यो । मेरो गहिरो चिनजान नभएका गौतमले राजनीतिमा कहिल्यै सौदा गर्न नजान्ने लेखकले कसरी नाफाको जिन्दगी ठानेका होलान् भनी सोच्ने र सोध्ने गरेको प्रसंग उठाउादै दीपेन्द्रले बााचेर बााडेको अनुभव नै नेपाल र नेपालीका लागि नाफा भएको रूपमा हेर्न सकिने बताउनुभएको थियो । अमेरिकाका लागि राजदूत समेत भइसकेका गौतमले नाफाको जिन्दगी कृतिका माध्यमबाट सिंगो नेपाल, त्यसमा कर्नाली पनि चिनाउने र विश्वकै गन्तव्य नेपाल बनाउन खोज्ने काम भएको समेत उल्लेख गर्दा पुस्तकको गहिराइमा पुगेका गम्भीर पाठक भेटाएको महसुस भएको थियो ।

महिला नेतृ शान्ता श्रेष्ठले जनयुद्धले देश मात्र नभई सिंगो विश्व प्रभावित भएको स्मरण गर्दै त्यही युद्धका कारण बल्लतल्ल बााचेका युवा लेखकले हर पक्षबाट घेरामा पर्दा पनि आशावादी भएर हिाड्ने गरेकोले आफू पनि प्रभावित भएर आशावादी दृष्टिकोण अपनाउन थालेको अनुभव सुनाउनु भएको थियो । सबैले आफ्नो देश बचाउन भए पनि यो किताब पढ्नैपर्ने तर्क उहााको मुखबाट सुन्दा मैले पनि समाजमा केही सकारात्मक छाप पार्न सफल भएछु भन्ने लागेको थियो ।
त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास विभाग संयोजक प्रा.डा. हेमराज सुवेदीले हुम्लाको एक सामान्य नागरिक दीपेन्द्र रोकायाले विभिन्न आरोह अवरोह पार गर्दै देशभक्त भावनाहरू सार्वजनिक भएको रूपमा आफूले लिएको बताउनु भएको थियो । नेताहरू गैरजिम्मेवार हुादा जनयुद्ध र जनआन्दोलनको उपलब्धि संस्थागत नभएको तथ्य उद्धृत गर्दै सुवेदीले परिवर्तनका लागि लड्ने योद्धाहरूलाई क्यासिनो र डान्स वारहरूमा जागिर लगाएको देखिनुले परिवर्तन संस्थागत हुन नसकेको अनुभव उल्लेख गर्दै दीपेन्द्र रोकायाहरूको भविष्यप्रति खेलबाड गर्ने नेतृत्वले इतिहासको कठघरामा उभिनुपर्ने दाबी गर्नुभएको थियो । उहााले यसो भन्दै गर्दा देश मिचिएको, सार्वभौमिकता लुटिएको र नेताहरू कठपुतलीका रूपमा देखापरेका सन्दर्भहरू सम्झेको थिएा ।

कार्यक्रम सकिएपछि पाठकहरूसाग पुस्तक हस्ताक्षर गर्न बसेंको थिएा । थरीथरीका पाठकसाग भेटघाट भएको थियो । उनीहरूसागको भेटघाटले अर्को उत्साह पैदा गराएको थियो । यो देशको नामी प्रकाशनले एकपटक बजारमा आइसकेको मेरो पुस्तक छाप्ने अभिभारा नि:सन्देश लिएर बजारमा उपस्थिति जनाउन पाएकाले मलाई निकै खुशी लाग्नु स्वाभाविकै थियो । मान्छेहरूले पुस्तक प्रदर्शनीमा अभिरुचिपूर्वक किनेको, वल्टाई पल्टाई हेरेको, जिज्ञासा राखेको र कतिपयले किन्नका लागि गरेको सिफारिस आफौमा महत्वपूर्ण विषय बन्यो । बुक स्टलमा बसेर पाठक अभिरुचिलाई नजिकबाट सर्बे गर्ने मौका पाएा । यसमा माइकबाट पटक–पटक मेरो नाम प्रसारण हुादा सानै भए पनि ‘सेलिब्रेटी’को महत्व बोध भयो । फेरि हुम्लादेखि काठमाडौंसम्मका अनुभव एकै तरंगमा सम्झन पुगेको थिएा ।

धेरैले नाफाको जिन्दगीको अर्थ खोजे । म भने ‘यही समाजमा रहेका यमराजको हुलबाट बच्न पाएकाले, मेरा सपनाहरू लेख्न, बोल्न र अरुलाई बााड्न पाएकाले, बााच्नु पर्दो रहेछ, धेरै कुरा देखिने रहेछ, को कति पानीमा रहेछ भनी बुझ्न सकिने भएकाले त्यसलाई प्रष्ट पार्न सकिएकाले र अबको जीवनलाई सार्थकतामा परिणत गर्न हो’ भनी परिभाषित गर्दै आएको छु । यसको मतलब सहिद, बेपत्ता र घाइते भएका नागरिकको जिन्दगी घाटामा गयो भन्न खोजेको होइन । उहााहरूको सम्मान मैले कसरी गरेको छु भन्ने कुरा पुस्तक पढेर मात्र भन्न सकिन्छ । अर्को कुरा नाम आफौमा माक्र्सवादी र पुाजीवादी हुनै सक्तैन ।

यही विषयलाई लिएर डा. नवराज लम्सालले २०७२ भदौ ११ गते शुक्रवार बिहान १०–११ बजेसम्म रेडियो नेपालको मधुवन कार्यक्रम शान्ता श्रेष्ठ, ईश्वरचन्द्र ज्ञवाली र मसाग अन्तर्वार्ता लिनुभएको थियो । उहााहरूले युद्ध साहित्य भनी चर्चा गरिरहादा मैले हाम्रो लेखनलाई युद्ध साहित्य भन्नु भन्दा पनि क्रान्ति साहित्य भनेर चर्चा गर्दा सान्दर्भिक हुने बताएा । किनकि युद्ध कोही पनि चाहादैनन्, त्यो बाध्यताको उपज हो । यसैले २००७ सालदेखि अहिलेसम्मका क्रान्ति साहित्यलाई एकथरीले नारा वा गालीका रूपमा लिने गर्दै आएका छन् । तर त्यसले यथास्थिति चिर्ने, अग्रगामी सोच राख्न लगाउने काम गरेको छ । यसखाले चेतनाकै बलमा राजतन्त्र फालियो । लोकतन्त्र आयो । गणतन्त्र घोषणा भयो ।

जनयुद्धको पक्ष र विपक्षमा लेख्नेहरू धेरै छन् । मचाहिा जनयुद्धमा पत्रकारका रूपमा सहभागी भएको सचेत नेपाली नागरिक हुा । समाचारसागै संस्मरण तथा डायरी लेखें । मैले क्रान्तिको आवश्यकता बोध गराउन, क्रान्तिकारी विचारधारा स्थापित गराउन र क्रान्तिले ल्याएका परिवर्तनलाई संस्थागत गर्न लगाउनका लागि लेख्छु । भारतमा उपनिवेश विस्तार गर्न आएका ब्रिटिस सेनाका जवानहरूले लेखेका नोटहरू नै अहिले हाम्रा इतिहासकारहरूले प्रयोग गरेका सन्दर्भहरू पढ्दा यो कुरा बोध हुन्छ कि हाम्रा लेखोटहरू पनि इतिहासका विषयवस्तु हुन सक्छन् भनेर आफ्नो युगको सन्दर्भहरूलाई रेकर्ड राख्नका लागि लेख्ने गर्दछु । आफूसाग रहेको तनाव लेखेपछि मात्र मुक्त हुने हुनाले पनि लेख्ने गर्दछु ।

नाफाको जिन्दगीले निर्भिकताका साथ एउटा मानक स्थापित गर्न सफल भएको बताउादै डा. लम्सालले आगामी योजनाबारे सोध्नुभएको थियो । मैले आफू बााचेको समाज र देशको परिवेशअनुसार सामाजिक दायित्व पूरा गर्ने, आवश्यक परेको स्थानमा नेतृत्व दिने र आफ्ना संकल्पहरू पूरा गर्न लागिपर्ने कुरा सुनाएा । एउटा लेखकका हैसियतले लेखन, अध्ययन तथा अनुसन्धानलाई अघि बढाउने सोच रहेको बताएा । हालै सहलेखनमा ‘लिपुलेक नाका: भ्रम र यथार्थ’ पैरवी प्रकाशनले बजारमा ल्याइसकेको छ । यसपछि सम्भवत: ‘कर्नालीको मान्ठा’ भन्ने उपन्यास आउन सक्ने बताएको थिएा । यसमा क्रान्तिका सन्दर्भ कति हुनेछन् त ? भनेर सोधिएको प्रश्नमा पूर्वीय दर्शनमा कैलाशको स्थानका साथै मातृसत्ता र देव तथा दानवको संघर्ष, कर्नाली सभ्यताको उत्खनन हुनेछ । सिन्धु र सतलजको सभ्यताभन्दा महत्वपूर्ण हिमवतखण्ड नै विश्वको प्रथम मानव वस्ती, कर्नाली र ब्रम्ह्पुत्र नदी आसपासका बस्तीले विश्वमा नयाा सन्देश फैलाउन सक्ने कुरा ऐतिहासिक संघर्षका रूपमा आउने बताएको थिएा । यही कोशेलीलाई पोको पार्न म दशैंतिहारको समय उपयोग गर्ने सोचेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here