नेपाल सत्कार दिवस–२०२४ को सम्पूर्ण तयारी पूरा

39

वीरगंज । आगामी माघ २ गते मंगलबार काठमाडौंमा हुन लागेको नेपाल सत्कार दिवस–२०२४ को सम्पूर्ण तयारी पूरा भएको आयोजक होटेल संघ नेपालले जनाएको छ।

देशमा पहिलोपटक उत्सवको रूपमा आयोजना हुन लागेको उक्त दिवसमा होटेल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरूका साथै चुनौतीबारे प्रस्तुति रहने आयोजकले जनाएको छ। ५८ वर्षअघि माघ २ गते विधिवत रूपमा दर्ता भएको स्थापना दिवस मनाउन होटेल संघले उक्त सत्कार दिवस आयोजना गरेको हो। उक्त दिन ‘नेपाल इयरबुक–२०२४’ र ‘इ–लर्निङ प्लेटफर्म’मार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन ट्रेनिङ प्याक पनि सार्वजनिक हुने बताइएको छ।

साथै, कार्यक्रममा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरू सम्मानित हुनेछन् भने सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट देशैभरिका करिब तीन सय होटेल व्यवसायीसहित स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here