एजेन्सी । स्टार खेलाडी साडियो मानेको पुनरागमन खेलमा सेनेगलले अफ्रिका मप अफ नेसन्समा सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा सनेगलले गाम्बियामाथि ३–० गोलको जित हात पारेको हो । सेनेगललाई जित दिलाउन लामिन कामरले दुई गोल गरे । त्यस्तै पापे गुइले एक गोल गरे ।
सेनेगलका लागि पापेले खेलको चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा गाम्बिया १० खेलाडीमा सिमित भयो । गाम्बियाका इबु डम्स्ले रातो कार्ड खाँदै मैदान बाहिरिए ।
खेलको ५२ औं मिनेटमा कामरले गोल गर्दै सेनेगललाई २–० गोलको अग्रता दिलाए । ८६ औं मिनेटमा कामरले व्यक्तिगत दोस्रो गोल गर्दै सेनेललाई ३–० गोलको जित दिलाए ।


















