लियोनल मेसीले फिफा वेस्ट प्लेअरको अवार्ड जिते

15

काठमाडौं ।  अर्जेन्टिना तथा इन्टर मियामीका कप्तान लियोनल मेसीले फिफा वेस्ट प्लेअरको अवार्ड जितेका छन्।

मेसीले सिटी तथा नर्वेका फरवार्ड अर्लिङ हालाण्ड र पीएसजी तथा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेलाई पछि पार्दे उक्त अवार्ड जितेका हुन्। भोटिङको अन्तिम नतिजामा मेसीले हालाण्ड र एमबाप्पेलाई पछि पारे। दोस्रोमा हालाण्ड रहे भने एम्बाप्पे तेस्रो स्थानमा रहे।

३६ वर्षीय मेसी सन् २०२३ मा मात्रै पीएसजीबाट इन्टर मियामी पुगेका थिए।सन् २०१६ मा यो फरम्यार्टमा अवार्ड प्रदान गरेपछि मेसीले सन् २०१९ र २०२२ मा लगातार दुई पटक अवार्ड जितेसकेका छन्। नयाँ फरम्यार्टमा मेसीको यो तेस्रो फिफा वेस्ट प्लेअर अवार्ड हो।

पीएसजीले लिग वान जित्दा मेसीले ९ गोल गरेका थिए। मियामीले लिग कपको उपाधि जित्दा मात्रै मेसीले १० खेलबाट ७ गोल गरेका थिए।

भोटिङ आधारमा दोस्रो रहेका हालाण्डले गत सिजनको प्रिमियर लिगमा मात्रै ३६ गोल गरेका थिए। सन् २०२२/२३ का सबै प्रतियोगितामा भने हालाण्डले ५२ गोल गरेका थिए। जसमध्ये २८ गोल कतार विश्वकप पछिका थिए।

यता तेस्रो स्थानमा रहेका एमबाप्पले पनि मेसीसँगै लिग वानको उपाधि जितेका थिए भने लगातार ५ वटा गोल्डेन बुट जितेका थिए। २५ वर्षीय एमबाप्पेले फ्रान्सका लागि सन् २०२२ को डिसेम्बर १९ देखि २०२३ को अगस्टसम्म १८ गोल गरेका थिए। यही अवधिको प्रदर्शनका आधारमा फिफा वर्ष खेलाडीको पुरस्कार दिइन्छ।

फिफा वेस्ट प्लेअरका लागि टिम म्यानेजर, क्याप्टेन, पत्रकार फ्यानको भोटिङको आधारमा विजेताको टुंगो लगाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here