काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् ।
उक्त बैठकबाट नै संस्थाको नियमावलीमा भएको व्यवस्था बमोजिम सबै सञ्चालकहरूको सर्वसम्मतिमा हाल सञ्चालक पदमा कार्यरत पौडेललाई अध्यक्षमा चयन गरिएको हो । पौडेल विगत ५ वर्षदेखि सञ्चालक समितिमा रही काम गर्दै आइरहेका थिए ।

















