संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्न सरकारसँग माग

79

काठमाडौं । डा. गोविन्द केसीसहितका नागरिक अगुवाहरुले नागरिकको भेला भएर प्रर्दशन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन्।

बुधबार काठमाडौको माइतीघर मण्डला नजिकै सेन्ट जेभियर्स स्कुल जाने बाटोमा प्रर्दशन गर्दै सरकारले माइतीघरमा लगाएको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गरेका हुन्।

प्रर्दशनकारीले निषेधित लोकतन्त्र चाहिँदैन,लोकतन्त्र जिन्दावाद, सत्ता तिम्रो हो भने सडक मेरो हो, माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर लगायत प्ले कार्ड वोकेका थिए।

प्रदर्शनमा डा. गोविन्द केसी, लेखक तथा पत्रकार नारायण वाग्ले लगायतको उपस्थित थियो। उनीहरुले सशस्त्र द्धन्दकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक घाइते र वेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउनुपर्ने पनि माग राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here