काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई धेरै देशले चिन्न र बुझ्न थालेको महसुस भएको बताएका छन्। हाल युगान्डामा रहेका उनले एक अन्तर्वार्तामा सो दाबी गरेका हुन्।
‘नेपाललाई धेरैले महत्त्व दिन थालेको, चिन्न थालेको, बुझ्न थालेको, नेपालको कुरा सुन्न थालेको महसुस मलाई राम्रैसँग भएको छ। यो नेपाल र नेपालीका निम्ति पक्कै पनि खुसीको कुरा हो’, उनको धारणा छ।
प्रधानमन्त्री प्रचण्डले गत साउनमा इटालीमा आयोजित संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलन, असोजमा अमेरिकामा आयोजित संयुक्त राष्ट्रसंघको महासभा, मंसिरमा यूएईमा आयोजित कोप २८ तथा हाल युगान्डामा जारी असंलग्न राष्ट्रहरुको सम्मेलनको सन्दर्भ जोड्दै आफूहरूको अपिल दुनियाँले राम्रोसँग सुनेको जनाए।
उनले इटालीदेखि युगान्डासम्म आउँदा विश्व समुदायको ‘रेस्पोन्स’ धेरै बढेको आफूले महसुस गरेको जनाए।


















