स्थानीय उत्पादनको प्रवर्द्धन गर्छौँ : उद्योगमन्त्री रिजाल

45

काठमाडौं ।  उद्योण वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले स्वदेशी मौलिक एवम् रैथाने उत्पादनको प्रवर्द्धनका लागि सरकारले विशेष कदम चालेको बताएका छन्।

शुक्रबार वर्ल्डमार्ट युनिक सोलुसन प्रालीद्वारा सञ्चालित मौलिक बजार तथा भान्छाघरले आयोजना गरेको उत्पादन तथा परिकार मेलाको (चौरासी व्यञ्जन) अवलोकनको क्रममा मन्त्री रिजालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गरी कानुनलाई फुकाउने प्रयास भइरहेको समेत जानकारी दिए।

मन्त्री रिजालले मौलिक बजार तथा मौलिक भान्छाको अवलोकनको क्रममा यस्ता नयाँ र इनोभेटिभ उद्योग तथा व्यवसायलाई मन्त्रालय आफैं प्रवर्द्धनमा लाग्ने पनि बताए।

‘स्वदेशमा बसेर उद्योग व्यवसाय गर्न चाहने युवाहरूका लागि प्राथमिकतामा राखेर मन्त्रालयले नयाँ उद्यमीको लागि लक्षित गरेर स्टार्टअप कार्यक्रम ल्याएको छ,’ मन्त्री रिजालले भने, ‘प्याकेजिङमा सुधार गर्दे नेपाली उत्पादनको बजारीकरण आजको आवश्यकता हो।’

मौलिक बजार तथा मौलिक भान्छाघरले नेपाली उत्पादन र बजारीकरणको क्षेत्रमा नयाँपन सुरु गरेको समेत रिजालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here