काठमाडौं । आफ्नो सबै भन्दा मिल्ने साथीको दुखमा निराश हुनु स्वभाविकै हो । तर बलिउड अभिनेत्री परिणीति चोपडा भने साथीको दुखमा धेरै बेर रोएकी छन् । आफ्नो सबै भन्दा नजिककी साथी भारतीय टेनिस खेलाडी सानिया मिर्जाको डिभोर्सको खबरले उनलाई रुवाएको हो ।
पाकिस्तानी क्रिकेटर शोएब मलिकले मिर्जालाई छोडेर तेस्रो विवाह गरेपछि सानियाको डिभोर्सको खबर पुष्टि भइसकेको छ ।

डिभोर्सको खबर बाहिरिएसँगै सानियाले परिणीतिलाई हालै फोन गरेर आफ्नो अवस्थाका बारेमा सेयर गरेकी थिइन् ।
सानियाको एक्लोपन सुनेर परिणीतिका आँखा आसुले भरिएको गसिप यतिबेला भारतीय सञ्चार माध्यममा भाइरल भएका छन् । यी दुई खेलाडीको वैवाहिक सम्बन्धलाई लिएर भारतमा पाकिस्तानको आलोचना हुन थालेको छ ।















