काठमाडौं – सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या थौरे बनाएको भन्दै मलेसिया र खाडीका विभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरूले असन्तुष्टि व्यक्ति गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा महिला तथा सामाजिक समितिको बिहीबार भएको भर्चुअल मिटिङमा राजदूतहरूले सरकारले उडानको संख्या कटौती गर्दा अलपत्र पर्ने कामदारको संख्या बढ्ने जनाएका हुन्।
राजदूतहरूले कोभिड-१९ का कारण रोजगार कटौती भएको र लामो समय उडान रोकिएका कारण अलपत्र परेका कामदारलाई तत्काल फिर्ता पठाउनु पर्ने जनाए । उनीहरूले ओभर स्टे हुँदा कतिपय कामदारलाई समस्या पर्ने भएकाले पनि उडान नियमित पार्न माग गरेका हुन्। सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्दैछ। यसरी उडान गर्दा दैनिक ५ सयभन्दा बढीलाई नभित्र्याउने तयारी सरकारको छ। खाडी राष्ट्रमा रहेका राजदूतहरूले भने त्यसरी संख्या तोक्दा समस्याको समाधान नहुने जनाएका छन्।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पैसा तिरेर नेपाल फर्केन व्यक्तिलाई सरकारले बाटो सहज पारिदिनुपर्ने जनाए। ‘सेप्टेम्बरमा एक महिनामा १३ वटा फ्लाइट राखिएको छ। जबकी नियमित अवस्थामा हप्तामा ३० वटा उडान हुन्थ्यो’, पाण्डले भने, ‘मेलसियन एयरलाई २ वटा फ्लाइट नेपाल एयरलाइन्सलाई यति वटा फ्लाइट भनेर तोक्दा टिकटको भाऊ बढेको छ। यसले श्रमिक मारमा पर्ने अवस्था छ। समस्या समाधानको उपाय भनेको रेगुलर तरिकाले नै उडान खोल्ने हो।’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतिपय कम्पनीले उडानको व्यवस्था गरे टिकटको व्यवस्था गर्ने बताए पनि सरकारसँग समन्वय गर्न सम्भव नभएको जनाए । ‘एउटा वि युनाइटेड भन्ने कम्पनी बन्द भयो। उसको मालिक इजिप्टको थियो। ऊ भाग्यो।
कम्पनीको अर्को एक व्यक्तिले १ सय १ जना छन् कामदार ३० तारिख भित्र लैजाने भए टिकट काटिदिन्छु नत्र अलपत्र पर्छन् भनेको छ’, भारद्वाजले भने, ‘नेपाल सरकारले जाने अनुमति दिए पुर्याइदिन्छु भनेको छ तर सरकारमा कसलाई भनेर यो व्यवस्था हुन्छ भन्ने टुङ्गो भएन।’ उनले सेड्युअल फ्लाइटका लागि अहिले नै ५ सय जनाले टिकट काटेको उल्लेख गरे। ‘रेगुलेर फ्लाइट दिनुपर्छ भन्ने हाम्रो धारणा हो’, भारद्वाजले भने, ‘कसलाई भनेपछि निर्णय हुन्छ भन्ने थाहा भएन।‘ साउदी अरबका श्रम काउन्सिलर जीवनकुमार राईले पनि तत्कालै उडान संख्या बढाउन माग गरे। उनले नेपाल फर्कन चाहने धेरै कामदारले निवेदन दिएकाले तत्काल उडान सहज पार्नु पर्ने जनाए ।
युएईका राजदूत कृष्णप्रसाद ढकालले पहिले हप्तामा ८४ फ्लाइट हुने गरेकोमा अहिले घटाएर सेप्टेम्बरमा जम्मा १८ वडा दिनु उचित नभएको जनाए । ‘३२ हजार नेपाली फर्कन प्रतिक्षामा छन्’, उनले भने, ‘युएई युरोपियन मुलुक र अमेरिकाका लागि ट्रान्जिट पनि भएकाले उडानको संख्या थप्न आवश्यक छ।‘ उनले युएईमा अहिले ३ लाख ३० हजार नेपाली रहेको बताए। साथै पिसिआर गर्न सहज भएकाले पनि उडान खोल्नु उचित हुने जनाए ।
ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुलीले उड्नु ४८ घन्टाअघि पिसिआर गरेको हुनुपर्ने व्यवस्था उचित नभएको जनाइन् । ‘पिसिआर रिजल्ट आउन एक साता लाग्छ’, पराजुलीले भनिन् ‘निर्णय गर्दा विचार पुर्याएको देखिदैँन।

















