सिसाकलमकाे राेचक इतिहास !

284

के तपाईलाई थाहा छ हामीले प्रयोग गर्ने सिसाकलमको कसरी भयो हो ? बास्तवमा सिसाकलम अर्थात पेन्सिलको १६ औँ शताब्दीको अन्त्य तिर भएको हो । यसमा प्रयोग हुने ग्रेफाइट एक प्रकारको सिसा हो र सिसाबाट बनेको कलम भएकोले यसलाई सिसाकलम भनियो ।

२१ औ शताब्दीमा पनि सिसाकलम एक लेख्ने वा चित्र कोर्न विशेष प्रयोग प्रयोग गरिन्छ । यसको निर्माण कडा आवरण भित्रको साँघुरो भागमा एक रंगको ठोस चुरो राखेर बनाइएको हुन्छ । त्यस आवरणले त्यो चुरोलाई भाँचिन तथा प्रयोगकर्ताको हातमा त्यसको रंग लाग्नबाट जोगाउँछ । सिसाकलमको चुरो ग्रेफाइटबाट निर्माण गरिन्छ । यसमा प्रयोग हुने ग्रेफाइट एक प्रकारको सिसा हो र सिसाबाट बनेको कलम भएकोले यसलाई सिसाकलम भनिएको हो ।

यसको इतिहास केलाउने हो भने सन् १५६४ को हिउँदमा इंग्ल्याण्डको बोरोल्याण्ड भन्ने ठाउँमा हुरी चल्दा एउटा ठूलो रुख पल्टियो। त्यसको फेंदमा सिसाजस्तो लाग्ने एक किसिमको अनौंठो कालोपदार्थ भेटियो। भेँडा चराउन गएका केही गोठालाहरुले त्यो देखे अनि आफ्ना भेँडाहरुको शरीरमा निशाना लगाउनको लागि त्यसको प्रयोग गर्नथाले।

गाढा किसिमको त्यो पदार्थको बारेमा पछि केही शहरीयाहरुले पनि चालपाए। त्यसपछि बट्टामा राखेर निशाना अर्थात मार्किङ गर्ने ढुंगाको रुपमा बेचविखन गर्नथाले। यो वास्तवमा ग्रेफाईट थियो। यसलाई पछि त्यति बेलाका राजा जर्ज दितीयले आफ्नो अधिकारमा लिए।

आमरुपमा यसलाई लिड पेन्सिल भनिएता पनि यसमा लिड अर्थात सिसाको अलिकति मात्रा पनि हुँदैन। बरु यो ग्रेफाईट र माटोको समिश्रण हो। पछि यसलाई धागोले बेरेर लेख्नको लागि प्रयोग गरिन थालियो। त्यसपछि काठ वा छालाको बीचमा राखेर पनि यसको प्रयोग गर्न थालियो। सन् १६८३ मा जे।पिट्स नामक ब्यक्तिले पहिलोपटक बेलनाकार काठको बीचमा प्वाल बनाएर त्यसमा लिड घुसाउँदै पेन्सिल बनाए।

यो प्रयोग गर्नमा सहज भयो। पछि गएर जर्मनीमा पेन्सिलको व्यापक उत्पादन हुन थाल्यो। जर्मनीको न्यूरेमबर्ग नामक शहरमा मा १७०१ मा कास्पर फेबर नामक ब्यक्तिले यसको उत्पादन भएको हो । उनका छोरा नातिले पनि यसलाई निरन्तरता दिँदै गए। पछि उनका बंशज अमेरिकामा बसाईसरेपछि पेन्सिल निर्माण कला अमेरिकामा पनि भित्रियो।

पहिले पेन्सिलले लेखेको कुरा मेटाउनु परेमा ब्रेडले घोट्दै मेटाउने गरिन्थ्यो तर, पछि १७५२ तिर आएर यसलाई रबरले मेटाउन थालियो। अनि पेन्सिलको माथिपट्टी रबरसमेत सँगै जोडेर उत्पादन गर्न थालियो।
सिसाकलमको उत्पादन जति रोचक छ यसको प्रयोग पनि कम रोचक छैन। यसको प्रयोग लेख्न, चित्र बनाउन देखिलिएर सर्जनहरुले अपरेशन गर्दासमेत मार्कका लागि प्रयोग गर्छन्। यसैगरी धर्तिमा मात्र नभई चन्द्रमामासमेत लेख्नका लागि पेन्सिलकै प्रयोग गरिन्छ। किनकी त्यहाँ अरु कलमहरुले कामै गर्दैन।

पेन्सिल जति मुलायम भयो यसको रंग त्यति नै गाढा हुनेगर्छ। हामीले आमरुपमा देखिराख्ने एउटा पेन्सिलबाट ५० किमी लामो धर्को कोर्न सकिन्छ। अनि ४५ देखि ५० हजार शब्दहरु लेख्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here