अफ्रिका कप अफ नेसन्समा अल्जेरिया समूह चरणबाटै बाहिरिए

47

काठमाडाैं । अफ्रिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्समा अल्जेरिया समूह चरणबाटै बाहिरिएको छ।

समूह ‘डी’ को अन्तिम खेलमा मौरीटानियासँग १-० गोलले पराजित भएपछि अल्जेरिया समूहमा अन्तिम भयो।

उसले समूहका सुरुवाती दुई खेल बराबरी खेलेको थियो। समूहबाट अंगोला र बुर्किना फासो अन्तिम १६ मा पुगे। मौरीटानियाको उत्कृष्ट तेस्रो भनेर अन्तिम १६ मा पुग्ने अवसर बाँकी छ।

यता समूह ‘सी’ बाट  सेनेगल र क्यामरुन विजेता र उपविजेता बनेर अन्तिम १६ मा पुगे। सेनेगलले तीनै खेलमा जित निकाल्यो भने क्यामरुनले एक जित, एक बराबरी र एक हार बेहोर्‍यो।

समूहको अन्तिम खेलमा सेनेगलले गिनीलाई २-० र क्यामरुनले गाम्बियालाई ३-२ ले पराजित गरे।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here