चन्द्रागिरि नगरपालिकामा फुटपाथ व्यवसाय गर्न रोक

50

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएको छ ।

नगरपालिकाले मंगलबार सूचना निकाल्दै फुटपाथमा व्यवसाय नगर्न भनेको हो । नगरपालिकाले अनधिकृत पार्किङ हटाउन समेत भनेको हो ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ-ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन सूचना मार्फत जानकारी गराइएकाे छ ।

फुटपाथमा गरिने व्यवसाय र अनधिकृत पार्किङले सर्वसाधारण नागरिकलाई सडकमा आवतजावत गर्न असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सहरी सौन्दर्यतामा समेत असर परेको नगरपालिकाले जारी गरेकाे छ ।

यदि कसैले  नमानेमा नगरपालिकाले सूचनाको नगर प्रहरी परिचालन गरी कारबाही गर्ने जनाएको छ ।

चन्द्रागिरिले ४ माघदेखि २४ जना नगर प्रहरी परिचालन गरेको छ । नगर प्रहरीले सहरी व्यवस्थापन लगायतको काम गर्न सुरु गरेको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाका मेयर घनश्याम गिरीले सहरी सौन्दर्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाए । ‘हामीले आफ्नै स्रोतबाट नगर प्रहरी राखेका छौं, अब सहरी क्षेत्र व्यवस्थित बनाउन सुरु गर्छौं । बिस्तारै चन्द्रागिरिमा परिवर्तन देखिन थाल्छ,’ गिरीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here