भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गर्दै समितिले सार्वजनिक यातायातको सम्बन्धमा शालिनदी यातायात प्रा.लि बाबागोकर्णेश्वर प्रा.लि. द्वारा सञ्चालित बसहरु जस्तोसुकै अवस्थामासमेत सेवा दिन तयार रहेने जनाएको छ ।
व्रतालु व्यवस्थापन सम्बन्धमा व्रत बस्न साँखु आउने व्रतालुहरुको सेवाको लागि सबैभन्दा पहिले लगत संकलनको लागि नामदर्ता एवं स्थान व्यवस्थापन गरिने भएकाे छ । व्रतालुहरुको लागि समितिले व्रत शुरु हुनुभन्दा केही अगाडिदेखि नै व्रतालुहरुको लागि बसोबासको व्यवस्था गर्न समितिले सहजीकरण गरिरहेको जनाएको छ । व्रतालुहरुलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लाने क्रममा व्रतालुहरुलाई आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गरिएको छ । साथै बाटोमा हिँड्नको लागि आवश्यक सरसहयोग गर्न समितिले नेपाल स्काउट, सक्वक्र्यु, नेपाल रेडक्रस सोसाईटी साँखु शाखा, स्वयमसेवकहरु र विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा आवश्यक बन्दोवस्तीका सामानसहित स्वयमसेवकहरु परिचालन गरिने जनाएको छ ।
यसै गरि मेला अवधि भरि साँखु जोरपाटी सडक क्षेत्रमा बिहान ८ बजे बात बेलुकी ८ बजे सम्म मालवाहक सवारी साधन संचालनमा रोक लगाइएको छ l
काठमाडौंबाट उत्तर पुर्वमा पर्ने पुरानो एेतिहासिक बस्ती साँखुमा प्रत्यक बर्ष एकमहिना लामो माधवनारायण स्वस्थानी व्रत तथा माध कुम्भ मेला लाग्छने गर्दा छ । नालन्द, नारायणी वा नारी नदि भनिने शैल अर्थात् शालीनदी बोधिसत्व महाराजको बासस्थान मनिचुड दह (मणिशैल) बाट बगेर आएको छ ।


















