ऋग्वैदिक हिमालय अन्तराष्ट्रिय सम्मेलन आयोजकको बैठक सम्पन्न

59

काठमाठाैं ।    ऋग्वैदिक हिमालय अन्तराष्ट्रिय सम्मेलन आयोजक समुहको बैठक मानवशास्त्र केन्द्रीय विभाग त्रि.वि. कीर्तिपुरका विभागीय प्रमुख विनोद पोखरेलको अध्यक्षता र प्रा.डा. कृष्णचन्द्र शर्माको विशेष उपस्थितिमा मानवशास्त्र विभागको सभा कक्षमा माघ १० गते बुधबार सम्पन्न भएकाे छ ।

बैठककाे निर्णयहरू अनुसार

१. ऋग्वैदिक हिमालय अन्तराष्ट्रिय सम्मेलनको दोश्रो संस्करण सन् २०२४ को अन्त्यमा पोखरामा सञ्चालन गर्ने ।

२. सम्मलेन आयोजक समुह र मुक्त फाउण्डेशनको तत्वाबधानमा उच्च प्राज्ञिक गुणस्तरको Journal of Rigvedic Himalaya (JRH) वार्षिक रुपमा यसै बर्ष २०२४ देखि प्रकाशन गर्ने ।

३. सम्मेलनको तयारी तथा जर्नल प्रकाशनका लागि सम्मेलन आयोजक समुहका सदस्यहरु र यस अवधारणासँग सम्बन्धित विद्धानहरुबाट आवश्यक प्राज्ञिक योगदानका लागि अनुरोध गर्ने ।

४. विभिन्न विधाका नेपालका प्राज्ञिक ब्यक्तित्वहरुको सहकार्यमा ऋग्वैदिक हिमालय (Rigvedic Himalaya) को यस विशिष्ट अवधारणासँग सम्बन्धित भई अन्तराष्ट्रिय स्तरको प्राज्ञिक उन्नयन र देशको समाजिक तथा साँस्कृतिक विकासमा समेत सघाउ पुर्याउने यस प्रयत्नलाई अरु संस्थागत र दिगो तवरले सञ्चालन गर्न देशका सरकारी पक्ष, गैर सरकारी तथा निजि क्षेत्र, र प्राज्ञिक तथा अनुसन्धानमा संलग्न विश्वका अन्य समाजमा रहेका ब्यक्ति तथा संस्थाहरुसँग पनि आवश्यक सम्पर्क समन्वय गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here