अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालको अर्धशतक

56
EAST LONDON, SOUTH AFRICA - JANUARY 26: Dev Khanal of Nepal bats during the ICC U19 Men's Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौं । आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाउनुभएको छ ।

अफगानिस्तानले नेपाललाई दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाउनुभएको हो ।

शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा  टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको हो।

अफगानिस्तानलाई मध्यम स्कोरमा समेट्न नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिनुभयो। दीपेश कँडेलले दुई विकेट लिनुभयो भने गुल्सन झा, तिलक भण्डारी र सुवास भण्डारीले एकरएक विकेट लिनुभएको छ। नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्दैछ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानलाई जित्नै पर्ने दबाब छ। प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाललाई जित्नुपर्ने दबाब रहेको हो।  सुरुवाती ब्याट्सम्यानले राम्रो प्रदर्शन नगरे पनि नेपालका कप्तान खनालले सम्हालिएर खेल्नुभएको छ । ६ विकेट गुमाइसकेको नेपालका लागि अहिले ब्याटिङमा कप्तान खनाललाई दिपक बोहोराले दरिलो साथ दिनुभएको छ ।

समूह ‘डी’ को पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले पाकिस्तानसँग पाँच विकेटको हार बेहोरेको थियो। आजको खेलमा जित निकाले नेपाल सुपर सिक्समा पुग्नेछ।  नेपालको प्लेइङ ११ मा कप्तान देव खनालसहित विपिन रावल ९विकेटकिपर०, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक बोहोरा, गुलशन झा, दीपक डुम्रे, दीपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द र तिलक भण्डारी हुनुहुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here