प्रकाण्डका छोरा नरेन्द्रलाई फसाउने षड्यन्त्र !

204

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पुर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष एंव नेकपाका प्रवक्ता प्रकाण्डका छोरा  नरेन्द्र विश्वकर्माको गिरफ्तारी राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भएको जनाएका छन ।

उनले भने, `प्रशासनको दबाबका बाबजुद केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकको नेतृत्वमा अखिल (क्रान्तिकारी)ले एन्सेललाई कर तिर्न दबाब दिने उद्देश्यले विरोध कार्यक्रम  गरेको थियो जसमा प्रहरीले सामान्य हस्तक्षेप गरेको कुरा सबै मिडियाले हालेकै छन् ।´ कार्यक्रम सकेर काठमाण्डौ फर्कने क्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय कोषाध्यक्ष बिक बिराटनगर विमानस्थल पुगेको बेला उनलाई फसाउने उद्देश्यले प्रहरीले उनको साथमा गोली रहेको भन्दै हल्ला गरेको नेता विरहीको दाबी छ ।

प्रहरीले आफुसंग गोली रहेको झुठो कुरा गरेपछि विद्यार्थी नेता बिकले प्रहरीसंग `कार्यक्रममा सकेर फर्किएको व्यक्तिसंग कसरी गोली हुन्छ ?´ भन्दै प्रतिवाद गरेका थिए । उनले सोही क्रममा कडा सुरक्षा र विद्युत मेशिनको जांच हुने विमानस्थलमा गोली बोकेर को पुग्छ भनेर प्रश्न पनि गरेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै नेता विरहीले जानकारी दिएका छन् ।

सरकार विद्यार्थी नेता बिकमाथि प्रतिशोध सांध्न र भारतीय साम्राज्यवादको इसारामा राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्रमा लागेको जनाउदै विमानस्थलकाे सुरक्षाजाँच पार गर्दासम्म नभएकाे गाेली कसरी विमान चड्नेबेला भेटियाे ? नेता विरहीले प्रश्न गरे।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here