हुण्डी कारोबार गर्ने व्यक्तिहरु पक्राउ

38

काठमाडौं । काठमाडौं जिल्ला का.म.न.पा.वडा नं.१० अनाम नगर स्थित युवराज प्रसाईको घरमा अवैध रुपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस ब्यूरोबाट खटिई गएको प्रहरी

टोलीले युवराज प्रसाई समेतलाई मिति २०८०/१०/११ गते नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्ने क्रममा निज समेत भई काठमाण्डौं जिल्ला का.म.पा.वडा नं.६ बौद्ध नयाँ बस्तीमा विश्वास राईले भाडामा लिई प्रयोग गरेको सटर कोठाबाट गैह्र कानुनी तवरबाट हुण्डी कारोवार गरेको अवस्थामा फेला पारी रित पूर्वक खान तलासी गर्दा उक्त सटर कोठाबाट अबैंध नेपाली रु.३०,१८,०००।– , ल्यापटप थान- २ , मोबाईल थान-५ बरामद भएकोले निजहरुलाई सम्मानित काठमाण्डौं जिल्ला अदालत बबरमहलबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद

थप गरी अनुसन्धानरत रहेको व्यहोरा जानकारी गरिन्छ ।

पक्राउ व्यक्तिहरुको विवरण :
१.नाम थर :- युवराज प्रसाई
उमेर :- ५० बर्ष
ठेगाना :-जिल्ला काठमाण्डौं का.म.पा.वडा नं.१० अनामनगर।

२.नाम थर :- विश्वास राई
उमेर :-३० बर्ष
ठेगाना :-जिल्ला सुनसरी धरान उ।म।न।पा। वडा नं।१९ ।
हाल काठमाडौं जिल्ला का.म.पा. वडा नं.६ नयाँवस्ती ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here