तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने

10

काठमाडौं ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले अहिले मन्त्रिपरिषद पुनर्गठनको सम्भावना नरहेको जनाएका छन्।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरूङले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने जनाए।

मन्त्रीहरूका कार्यप्रगति हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद पुनर्गठन गर्ने बताएका थिए। तर मन्त्री गुरूङले मन्त्रीपरिषद पुनर्गठनको सम्भावना अहिले नरहेको जनाए।

रूपन्देहीमा बुधबार पत्रकारहरूसँगको कुराकानीमा मन्त्री गुरूङले भने, ‘अहिलेकै मन्त्रीमण्डल सही रहेकोले परिवर्तन गरिरहन आवश्यक छैन भन्ने कुरा गठबन्धन दलका नेताहरूबीच सहमति भएको छ। तर मन्त्रीहरूले प्रभावकारी काम देखाउनुपर्छ भन्ने छ।’

उनले गत माघ ११ मा राष्ट्रिय सभा चुनावमा कोशीको एक सिटमा गठबन्धनका साझा उम्मेदवार पराजित भए पनि त्यसले गठबन्धनभित्र खासै असर नपार्ने जनाए। तर भोट क्रस भएको विषय गम्भीर भएकोले यसबारे समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधयेकको विषय सहमतिकै आधारमा टुंगो लगाइने बताए। सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टिआरसी विधेयक अब बस्ने संसद बैठकबाट टुंगो लाग्ने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here