प्रशान्त महासागर
मलाई थाहा थिएन् राजनीति गिद्धको झुण्ड हो
आमाको मासु पनि सम्झी सिनो । थुत्ने, बुद्धि मन्द हो ।
रात पर्यो दिन भयो, कुरा सुनाईयो समय यस्तै हो
नोट छाप्न गर्ने काण्डै काण्ड हो
मलाई थाहा थिएन् राजनीति गिद्धको झुण्ड हो ।
विष रामको लागि पनि, रावणको लागि पनि मृत्यु हो
उदाहरण अपराधको लिनु सुक्नु कुण्ड हो
मलाई थाहा थिएन् राजनीति गिद्धको झुण्ड हो ।
सुन ! संस्कार सम्पदा नेवारको पहिचानयुक्त रक्त हो
पोखरीमा पौडी रहने स्वच्छ सुगन्ध हो
मलाई थाहा थिएन् राजनीति गिद्धको झुण्ड हो ।