बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा भूमिकास्थान-२ की अन्दाजी ३५ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ की अन्दाजी ४७ वर्षीया डेमकला आचार्यको मृत्यु भएको वडाअध्यक्ष बुद्धिबहादुर थापाले जानकारी दिए ।
जीप सडकबाट पल्टिएर करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा पाणिनी गाउँपालिका पणेनाकी कोपिला खनाल र उनका ८ महिनाको छोरा घाइते भएका छन् ।
घाइतेहरुलाई जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याइएको छ ।


















