सरकारको कामकारबाहीप्रति असन्तुष्टि

44

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

सोमबारबाट सुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन्।

उनले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताए। उनले सरकारमा बसेका मन्त्रीहरुले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताए।

सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भए पनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाए। उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाए। उनले सरकार नौटंकी गर्ने ठाउँ नभएको बताए।

उनले भने,’सरकारमा बस्ने मानिसहरुले त काम गर्ने हो। नाटक गर्ने होइन। नौटंकी गर्ने होइन। नौटंकी बढी भयोजस्तो लाग्छ। स्वास्थ्य मन्त्रालयको कुरा त्यस्तै आउँछ। आजकाल गृहमन्त्रीज्यूको पनि कुरा अलिअलि त्यस्तै आउन थालिसक्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here