काठमाडौं / संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै देश विकासका लागि समग्र क्षेत्रका कुरा समेटिएको जानकारी दिएका छन्।
उनले साथीहरुमा केही अन्यौल भएको देखिएको जनाउँदै धेरैको कुरा सुन्दा ध्यान दिनुपर्ने खालका सुझाव वा संशोधन गर्नुपर्ने केही नआएको उनले जनाए । ‘केही सुझाब वा संशोधन कुरा आउँछ की भन्ने लागेको थियो,’ उनले भने,’ तर मैले त्यस्तो केही देखिंन् । आलोचना गर्नुपर्ने कुनै ठाउँ पाएको मैले देखिँन् ।’
नीति तथा कार्यक्रमलाई सुन्दर निबन्ध जस्तो भन्नुले आलोचना गर्ने कुनै ठाउँ नभटेको प्रमाणित भएको उनको भनाई थियो ।
प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयलाई बिहान बेलुका गीत गाएर बस्ने कुरा नभएको जनाए । उनले भने, ‘लोकतन्त्रलाई राम्रो बनाउने सम्वन्धमा गर्न सकिन्छ । तर, लहडमा गर्ने कुरा हैन् । संशोधन गर्न नसकिने भन्ने हैन् ।’
नीति तथा कार्यक्रमले राष्ट्रियता, लोकतन्त्र, समाजिक न्याय, स्थायीत्व, मानवीयता र सुसाशन र आर्थिक समृद्धिलाई मुख्य विषय बनाएको उनले बताए । लडेर ल्याएको लोकतन्त्रलाई आशिंक रुपमा नबुझ्नु उनले आग्रह गरे ।


















