सादा पोशाकका २५ घुमुवा प्रहरी हटायो

248

काठमाडौं / महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानिपोखरीले परिचालन गर्दै आएको सादा पोशाकका प्रहरी (घुमुवा) हटाएको छ।

विभिन्न खबर संकलनका लागि भनेर राखिएका घुमुवाहरुलाई आजबाट हटाइएको मेट्रोका डिआइज विश्वराज पोखरेलले जानकारी दिए ।

मेट्रोबाट परिचालित हुँदै आएका २५ जना घुमुवालाई हटाएर उनीहरुलाई दैनिक अपरशेनका काममा लगाइने मेट्रोले जनाएको छ।

आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै परिसरका घुमुवाहरु समेत हटाउने तयारी मेट्रोले गरेको    छ ।

पछिल्लो समय घुमुवाहरु विभिन्न आपराधिक गिरोहहरु संलग्न रहेको, घुससहित पक्राउ परेका लगायतका घटनाले बद्नाम बन्दै गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here