भारतीय अभिनेत्री पादुकोणले विश्वकपकाे ट्रफीलाई अनावरण गर्ने

42

काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् ।

फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् । अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ । स्रोतका अनुसार विश्वकप समारोहमा भाग लिन दीपिका चाँडै कतारतर्फ प्रस्थान गर्ने भएकी छन् ।

विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा जुरीको रुपमा सहभागि भएको केही महिनामै दीपिकालाई यो मौका प्राप्त हुन लागेको हो । यसैसाता जारी विश्वकपको फ्यान फेस्टिभलमा बलिउड अभिनेत्री नोरा फतेहीले नृत्य र गायन प्रस्तुत गरेकी थिइन् ।

फ्यानले दीपिका पादुकोणलाई शाहरुख खानको आगामी फिल्म ‘पठान’मा देख्न पाउनेछन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here