साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा पक्राउ

154

स्याङ्जा । ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका–८ का सुनील राना छन्। घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार फरार छन् ।

जिल्ला प्रहरीका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ–९ पारीचौर स्थित बेलचौर –साँखर कच्ची सडकमा गत बिहीबार साँझ ढुंगा बोकेको लुअफ १०२० नम्बरको ट्र्याक्टरबाट खसेर गल्याङ–८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेका थियो।

ट्र्याक्टर चालक परियार र सहचालक रानाले घाइते गणेशलाई ट्र्याक्टरमा राखेर पारीचौरबाट ट्र्याक्टर मोडेर फेरि साँखरस्थित कालीगण्डकी नदीको किनारमा लगेर त्यहींबाट नदीमा फालिदिएको प्रहरीले जनाएको छ । सूचना पाएपछि प्रहरी अधिकृतको टोली खोजतलास गरिरहेको छ । कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here