माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क नेविसंघले गरे हस्ताक्षर संकलन

21

पोखरा । संविधानमा उल्लेख भएअनुसार माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क गर्न भन्दै नेविसंघले हस्ताक्षर संकलन अभियान चलाएको छ ।

रोजगारमूलक, सीपमूलक शिक्षाको ग्यारेन्स, मौलिक, वैज्ञानिक पाठ्यक्रम लागू र विद्यार्थीलाई निर्ब्याजी ऋण प्रवाह गर्नुपर्ने भन्दै पोरखाको पृथ्वीनारायण क्याम्पसमा हस्ताक्षर संकलन गरिएको नेविसंघका केन्द्रीय सदस्य विकास भण्डारीले बताए ।

उनका अनुसार, संविधानमा उल्लेख भए अनुसार स्वास्थ्य समेत निःशुल्क गरियोस् भनेर हस्ताक्षर संकलन गरिएको हो ।

संकलित हस्ताक्षर कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउने इकाई सभापति सुशील न्यौपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here