‘समुदायमा कांग्रेस’ अभियान स्थगित

34

काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ।

पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनपछि कांग्रेसले आफ्नो पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको हो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पूर्व निर्धारित कार्यक्रमअनुसार माघ १३ देखि २६ गते सम्मको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको जानकारी गराए ।

बुढाथोकीको निधनको शोक र उनीप्रति सम्मान प्रकट गर्दै पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको पौडेलको भनाइ छ। बाँकी कार्यक्रम सञ्चालनका लागि केन्द्रबाट अर्को सूचना जारी हुने कांग्रेसले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here