चलचित्र ‘ऊनको स्वीटर’को पहिलो पोस्टर सार्वजनिक

46

काठमाडौं  । आर्टमान्डूको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को पहिलो पोस्टर मंगलबार सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा पोस्टरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर तन्नेरी अवतारमा देखिएका छन्। पृष्ठभूमिमा लेकका घर र पहाडका सुन्दर दृश्य देखिएका छन्।

अभिनेत्री मिरुना गुरुङ पोसाकमा सजिएकी छन्।

चलचित्रमा विपीन र मिरुना मुख्य भूमिकामा छन्। विपीन र मिरुनासँगै चलचित्रमा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत,  लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकार फाइनल भइसकेका छन्।

चलचित्रलाई निर्देशक नवीन चौहानले निर्देशन गर्नेछन्। पटकथा पनि चौहानकै रहेको छ।

चलचित्रमा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत निर्देशन गर्नेछन्। चलचित्रको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ। चलचित्रमा अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्नेछन्। चलचित्रलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले खिच्नेछन्।

चलचित्रको सम्पादन कृष्ण भण्डारीले गर्नेछन् भने पब्लिसिटी डिजाइन ट्राइटेण्ड कन्सेप्टका रोयल भिमसेनले गर्नेछन्।

गत वर्षको असारमा चलचित्रको घोषणा ‘ऊनको स्वीटर’को टाइटल गीतबाट गरिएको थियो। टाइटल गीतको पूरा भर्सन भने आगामी भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक गरिने निर्देशक चौहानले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here