धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभाका एक सदस्यको पद गुमेको छ।
सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन्। चैत २२ गते नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले गिरीलाई फिर्ता बोलाएको पत्र प्रदेश सभामा पठाएकी थिइन्।
अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि आज सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन्।
















