कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता मेटेको आरोप

28

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरूले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको जनाए।

उनले नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैं मेटिने दाबी गरे। उनले नेपालीहरूकाे सभ्यता, संस्कृति र धर्ममाथि बारम्बार प्रहार भइरहेको जनाए।

नेता महताेले क्यापिटलिजम कम्युनिज्म दुनियाँमा असफल भइरहेको भन्दै अब नेपाली जनतालाई खोक्रो राष्ट्रवादको नाममा ठग्ने दिन गएको जनाए।

उनले भने, ‘कम्युनिष्टहरूले नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने, पहिचान मेटाउने काम गरे। धर्म मेटाइदिने काम गरे। सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिए। सबै मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो। नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरू आफैं मेटिन्छन्। हाम्रा सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक-पटक जुन आक्रमण प्रचण्डदेखि केपी ओलीसम्मले गरेका छन्, यिनीहरूको पतन हुन्छ। क्यापिटलिजम कम्युनिज्म दुनियाँमा असफल भइसक्यो। नेपाली जनतालाई अब ठग्ने दिन गए।’

नेता महतोले अब नेपालमा आयातित विदेशी विचारबाट शासन नचल्ने पनि जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here