नेपाली तथा अमेरिकी सेनाबिच सञ्चालन हुने तालिम अभ्यास हुने

40

काठमाडौं । नेपाली सेना तथा अमेरिकी सेनाबिच सञ्चालन हुने संयुक्त तालिम अभ्यास एक्स ब्यालेन्स नेल मंगलबारदेखि शुरु भएको छ । वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको एक्स ब्यालेन्स नेलको यो ४१ औँ संस्करण हो ।

संयुक्त तालिम अभ्यासमा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् । उक्त तालिम अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरूमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा मिति २०८० फाल्गुण २४ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मंगोलिया, इन्डोनेसिया लगायत देशहरूका सैन्य सङ्गठनहरूसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरूमा सहभागी हुँदै आएको  छ । यसै क्रममा आगामी फाल्गुण ०८ गतेदेखि २१ गतेसम्म श्री वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा ग्लोबल पिस इनिसिएटिभको सहयोगमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here