सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्छ : सञ्चारमन्त्री

25

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाउनुपर्ने बताएकी छिन् ।

कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’ को आज उद्घाटन गर्दै मन्त्री शर्माले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताइन् । सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरूप लिने बताएकी हुन् ।

सूचना प्रविधिसम्बन्धी रूपान्तरणकारी आयोजना सञ्चालन गरी देशको अर्थतन्त्र सबल बनाउँदै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले अब श्रमिक नभई सेवा निर्यात गर्ने देशका रूपमा विकास गरिनुपर्ने बताइन् ।

मेलामा एक सय ५० भन्दा बढी कक्ष रहेका छन् । मेलाको झन्डै तीन लाख ५० हजार जनाले अवलोकन गर्ने आयोजकको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here