बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग

52

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले व्यवसायी अरुण चौधरीको स्वामित्वमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको जग्गा राष्ट्रियकरण गर्न माग गरेको छ।

शुक्रबार बाँसबारी पुगेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। साथै उक्त जग्गामा बनेको चाँदबाग स्कुल पनि राष्ट्रियकरण गर्न उनीहरुले माग गरेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चौधरीलाई माघ १८ गते काठमाडौँको लैनचौरबाट पक्राउ गरेको थियो।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ परेका थिए।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरु तीनैजना छुटिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here