सैन्य कौशलता प्रस्तुत

56

धनकुटा।  सदावहार चिसो मौसम र हरियाली वातावरणले उसै पनि आन्तरिक तथा बाह्य पर्यटकको मन तान्छ धनकुटाको हिलेले । पर्यटकीयस्थल हिलेमा नेपाली सेनाले आफ्नो सैन्य तथा विविध कौशलता प्रस्तुत गर्दैछ ।

हिलेस्थित श्री नम्बर २ बाहिनी अड्डामा चार जिल्लाका भूतपुर्व सैनिकहरुको सम्मेलनका क्रममा बीरगाथा र विभिन्न झाँकी प्रस्तुत गरिएको छ ।

नेपाली सेनाका विभिन्न गणले लिम्बू जातिको ढोल नाच, तामाङ जातिको सेलो, नेवार जातिको लाखे नाच प्रस्तुत गरे । देश भक्तिका गाथा उनिएको प्रस्तुतिले सहभागी र अन्य उपस्थितको मन तानेको छ ।

उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई नगदसहित सम्मान गरियो । धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका भूपू सैनिकहरु उक्त सम्मेलनमा भेला भएका छन् । उक्त अवसरमा जेष्ठ भुपु सैनिक तथा एकल महिलालाई सम्मान, अशक्तलाई हिृवलचियर वितरण गरिएको छ । सम्मेलनको अवसरमा सैनिक मेडिकल टोलीले स्वास्थ्य शिविर सञ्चालन गरे ।

उक्त अवसरमा सैनिक निवृत्तिभरण पट्टा तथा परिचयपत्र नविकरण समेत गरिएको बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी रामकाजी थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here