त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

34

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ।

शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले विश्वविद्यालयको उपकुलपतिका लागि केशरजंग बराल, टंकनाथ धमला र चित्रबहादुर बुढाथोकीको नाम सिफारिस गरेको हो।

सिफारिस समितिले त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४३ जनाले निवेदन दिएकोमा  १४ जना सर्टलिस्टमा परेका थिए। र आइतबार १४ जनाको अन्तार्वार्ता भएको थियो।

उनीहरुको प्रस्तुति र अन्तर्वार्तापछि तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेको हो। अब प्रधानमन्त्री प्रचण्डले तीनमध्ये एक जनालाई त्रिविको उपकुलपति नियुक्त गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here