नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछार मनायाे

13

काठमाडौं । ‘‘तामाङ संस्कार – संस्कृतिको संरक्षण र पुस्तान्तरण गरौं तामाङ जातिको महान राष्ट्रिय पर्व मञ्जुश्री संवत् २८६० सोनाम ल्होछार घर–घरमा मनाऔं” भन्ने मुल नाराका भव्य रुपमा मनाएकाे छ ।

कार्यक्रमका प्रमुख वक्ताको रुममा नेपालबाट आमन्त्रित पुर्व लुम्बिनी विकास कोष सदस्य सचिव बरिष्ठ संस्कृतविद् तथा अनुसन्धानकर्ता  अजितमान तामाङकाे विशेष अतिथ्यमा सोनाम ल्होछार के हो ? ल्होछार किन र कसरी मनाइन्छ ? भन्ने कुराको अवको र भावी पुस्तालाई बुझाउने उदेश्यका साथ नेपाल प्रवासी तामाङ समाज कतारले आयोजित पहिलो चरणको कार्यक्रम तामाङहरुको महान् राष्ट्रिय पर्व मञ्जूश्री सम्वत् २८६० सोनाम ल्होछार डुक ल्हो (मु पुख्री) गडुल वर्गको शुभ अवसरमा शान्ति पुजा,तामाङ संस्कार संस्कृति ल्होछारको महत्व, सम्बन्धी अन्तरक्रिया तथा शुभकामना अदान–प्रदान कार्यक्रम २८६० सम्पन्न भएकाे छ।


प्रवासी भुमिमा पहिलो मनाएकाे कार्यक्रममा  विश्वमा छाएको अशान्तिका कारण विश्व शान्ति पुजामा १०८ छ्युमी बलेर उपस्थित सबै जनाबाट प्रार्थना गरेकाे थियाे । साथै तामाङ संस्कार संस्कृति र ल्होछार सम्बन्धि अन्य समुदायको विषेश व्यक्तित्वहरुलाई बुझाउन सफल भएकाे छ ।
साे कार्यक्रममा  तामाङ आफ्नै घर घरबाट मौलिक शाकाहारी खानपिनकाे व्यवस्था गरिएकाे थियाे । विशिस्ट अतिथिद्वारा विभिन्न महत्वपूर्ण किताबहरु समाजलाई हस्तान्तरण गरेकाे थियाे ।
मनाेरञ्जनले  भरिपूर्ण कार्यक्रममा कलाकारहरु तम्बाहरद्वारा मौलिक डन्फुरे गीत प्रस्तुति दिएकाे थियाे सफल बनाउन हाम्रो निमन्त्रणालाई सहर्ष स्विकार्नु भइ कार्यक्रमको शोभा बढाईदिनु भएकोमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री डि. एन मगर ज्यू, बिशेष अतिथि गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका द्वितीय उपाध्यक्ष  केशव कार्की ज्यू,नेपाल देखि हाम्रो निमन्त्रणालाई स्विकार्दै पाल्नुभएका विशिष्ट अतिथि पुर्व लुम्बिनी विकास कोष सदस्य सचिव बरिष्ठ संस्कृतविद तथा अनुसन्धानकर्ता  अजितमान तामाङ ज्यू ल्होछार शान्ति पुजा व्यवस्थापनका लामा गुरुहरु, नेपाल आदिवासी जनजाति महासंघ कतारका अग्रज सल्लाहकारज्यूहरु, नेपाल आदिवासी जनजाति महासंघ कतारमा आवद्ध मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, प्रदेश तथा जिल्ला संस्थाबाट पाल्नु भएका अध्यक्ष तथा प्रतिनिधिहरु,समाजसेवी तथा बुद्धिजिविहरु लगायतलाई नेपाल प्रवासी तामाङ समाज कतार परिवार हृदयदेखि नै आभार कृतज्ञता व्यक्त गरिएकाे थियाे ।

फेरि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम यहीँ २३ फेब्रुअरी २०२४ मा अल दोसरी जु हुने पुनः जानकारी सहिद हार्दिक निमन्त्रणा गरेका छन्  ।
साथै तामाङ जातिको महान् राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८६० सोनाम ल्होछार डुक ल्हो (मु पुख्री) गडुल बर्गको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तामाङ समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना नेपाल प्रवासी तामाङ समाज कतारका  अध्यक्ष  सुवास तामाङले
व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here