काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठकका लागि छुट्टै प्रतिवेदन तयार गरेका छन् ।
सोमबारदेखि सुरु हुने महासमिति बैठकमा छलफल गराउने गरी आफूले प्रतिवेदन तयार गरेको महरले बताए ।
महासमिति बैठकमा उठाउनुपर्ने एजेण्डाका बारेमा अनलाइनमार्फत मागिएको सुझावहरू समेटेर प्रतिवेदन तयार भएको उनले जनाए ।
पाटीभित्र टिकट वितरण संरचना अनुसार तत् तत् पार्टी संरचनाले टुंगाउनु पर्ने उल्लेख गरेका छन् । जनताको भरोसा प्राप्त प्रतिष्ठित व्यक्तिलाई निश्चित प्रतिशतमा ल्याटरल इन्ट्रीमार्फत पार्टीमा प्रवेश गराउनुपर्ने उनको तर्क छ ।
पार्टीको एक पदमा बढीमा दुईपटक र उम्मेदवार तीन पटकभन्दा हुन नपाउने व्यवस्था गर्नुपर्ने उनको प्रतिवेदनमा उल्लेख छ ।
महासमिति बैठक सोमबारदेखि सुरु हुँदैछ । पार्टी बैठकमा आधिकारिक रुपमा पाँच प्रतिवेदन पेस हुँदैछन् ।


















